सोमबार, पुष २१, २०८२

कांग्रेसले भन्यो– प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिन्छ

मेरोन्यूज २०७८ फागुन ३ गते १८:३२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ ।

संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको प्रस्ताव राखिएको छैन ।

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने जानकारी दिएका हुन् ।

‘एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ’, बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ ।

याे पनि,

सभामुखको सम्भावित कार्यसूचीमा एमसीसी गायब

प्रतिक्रिया