कांग्रेसले भन्यो– प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिन्छ

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी थपिने बताएको छ ।
संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको प्रस्ताव राखिएको छैन ।
संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।
मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने जानकारी दिएका हुन् ।
‘एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ’, बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।
बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ ।
याे पनि,
सभामुखको सम्भावित कार्यसूचीमा एमसीसी गायब
















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया