कोका–कोलाको मःम उत्सवको सातौँ संस्करण सुरु

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोका–कोलाको मःम उत्सवको सातौं संस्करण सुरु भएको छ ।
कोका–कोलाले ६ वर्षदेखि लगातार मःम उत्सव गर्दै आएको छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षमा मःम उत्सव गर्दै आएकोमा यो वर्ष भने फेब्रुअरी १४ अर्थात प्रणय दिवसबाट उत्सव सुरु गरेको हो । फेब्रुअरी १४ बाट सुरु भएको यो अभियान अप्रिल ५ सम्म हुने जनाइएको छ ।
यो उत्सवमा मःम र कोका–कोलालाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ ।
विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न ७ वर्षअघिदेखि कोका–कोला मोःमोत्सव गर्दै आएको सुरु गरेको कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले जानकारी दिए ।
यो अभियानमा कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्नेछन् ।
यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको अवस्थीले जानकारी दिए ।
















कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया