फागुन २० देखि कांग्रेसको निर्वाचन केन्द्रित अभियान सञ्चालन

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टीको निर्णय पत्रकारहरुमाझ सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसलाई केन्द्रित गरेर संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरिएको बताए ।
सो अभियान यही फागुन २० गतेदेखि चैत्र २० गतेसम्म संचालन हुनेछ । घरघर जाऔं, काँग्रेस जिताऔं भन्ने मूल नाराका साथ संचालन हुने सो अभियानले पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन भूमिका खेल्ने पनि प्रवक्ता महतले बताए ।
त्यसैगरी, बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति अविलम्ब गठन गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।













पुस २५ गते शुक्रवारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया