‘खेलाडीको स्वास्थ्यमा एन्फा संवेदनशील’

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आवद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ संवेदनशील रहेको बताएको छ ।
मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर फ्रेन्ड्स क्लबका स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्ययमा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आवद्ध खेलाडीको विषयमा सधै संवेदनशिल भएको बताएको हो ।
राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ अवस्थाको जानकारी समेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयलाई स्पष्ट पारेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग सञ्चालनका लागि फिफाले तोकेका आवश्यक पूर्वाधार पूरा गरेर लिग चलाईरहेको बताएका हुन् ।
मनिष डाँगी मैदान चोटग्रस्त भएपछि उब्जिएका प्रश्नमा एन्फाको मेडिकल टोलीले स्पष्टीकरण दियो । एन्फाकी मेडिकल टोली सदस्य डा. नविना वैद्य श्रेष्ठले मनिष डाँगीको घटना र घटनापछि मैदानमा अपनाइएको उपचार क्रमलाई पत्रकार सम्मेलनमा बताएकी हुन् ।
नविनाका अनुसार डाँगीमा कुनै स्वास्थ समस्या नभएको र एससीएटी–५ पछि मैदान फर्किने समय तोकिने बताइन् ।
सोही घटना क्रममा मैदानमा डाक्टर उपलब्ध नभएको विषयमा महासचिव तुलाधरले डाक्टरको सम्झौता गरेको इशारासँग स्पष्टीकरणका लागि पत्राचार गरेको समेत बताए ।
यस्तै, महासचिव तुलाधरले एन्फाको मेडिकल टिमका सबैले फिफा र एएफसीको कोर्ष गरिसकेको समेत बताए । यस्तै घाइते भएका मनिष मंगलबारै अस्पतालबाट डिस्चार्ज भएको एन्फाको मेडिकल टोली जानकारी दियो ।
दुई साताको आराम र एससीएटी–५ को परिक्षण पछि मात्र मैदान फर्किने निधो हुने विषयमा जानकारी दिने एन्फाले जनाएको छ ।
















Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया