प्रधानमन्त्रीको प्रस्ताव मानेनन अर्थमन्त्रीले
एमसीसी संसदमा टेवुल गर्न अर्थमन्त्री शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई जिम्मेवारी दिएका छन्

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा आजको संसद बैठकमा जसरी पनि अेमरिकी सहयोग नियोग एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने पक्षमा ढृढ देखिएका छन् । उनले आजको संसद बैठकमा प्रस्ताव अनुमोदनका लागि लैजाने भन्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्नका लागि प्रधानमन्त्रीले अर्थमन्त्री जर्नादन शर्मालाई टेलिफोन गरी प्रस्ताव गरेको बालुवाटार निकट स्रोतले बताएको छ ।
तर प्रधानमन्त्रीको त्यस्तो आग्रह् अर्थमन्त्री जर्नादन शर्माले अश्वीकार गरेका छन् । ‘तत्कालीन अर्थमन्त्रीले गरेको सम्झौता हो, त्यसैको निरन्तरताका लागि वर्तमान अर्थमन्त्रीका रूपमा तपाईंले टेबल गर्नुस्’ प्रधानमन्त्रीले टेलिफोनमा अर्थमन्त्रीसँग भनेका थिए ।
तर अर्थमन्त्री शर्माले एमसीसीका विषयमा आफनो पार्टीको फरक मत रहेको भन्दै आफुले संसदमा सम्झौता सिधै पेश गर्न नसक्ने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् । शर्माले पार्टीले फरक मत राखेको र अरू प्राविधिक कारणले पनि आफू बुधबार बैठकमै अनुपस्थित हुने भएकाले विकल्प खोज्न सुझाव दिएका थिए । शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिएका छन् ।
कार्की अर्थमन्त्री रहेकै बेला २०७४ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया