माओवादी संसदीय दलको बैठक सिंहदरवारमा बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रधानमन्त्रीले एमसीसी सम्झौता सदनमा अगाडी बढाउन खोजेपछि माओवादीले यस विषयमा सासदहरुसँगको छलफलका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा आज बस्ने संसद बैठकमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे छलफल हुने गुरूङले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्।
यस अगाडी केन्द्रीय कार्यालयको मंगलबार अध्यक्ष प्रचण्ड निवासमा बसेको अनौपचारिक बैठकमा भएका छलफलहरुको बारेमा पनि अध्यक्षले जानकारी गराउनेछन् । माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी अघि नबढाउन भनिरहेको छ।
















अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया