बुधबार, वैशाख २३, २०८३

माओवादी संसदीय दलको बैठक सुरु

मेरोन्यूज २०७८ फागुन ४ गते १०:४०

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो ।

Advertisement
NiccNicc

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । त्यस अगाडी सभामुखले संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखले संसदको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा लैजाने प्रस्ताव नराखेपनि प्रधानमन्त्रीले प्रस्ताव राख्न कार्यब्यवस्थामा छलफल गर्न चाहेको छ । प्रधानमन्त्री आजै सम्झौता संसदमा अनुमोदनका लागि लैजान चाहान्छन् ।

तर माओवादी केन्द्रले संसदमा एमसीसी सम्झौता छलफलका लागि लैजानु अगाडी पहिले एमालेले जारी राखेको अवरोध हट्नु पर्ने, यथास्थितीमा सम्झौता अनुमोदन गरेर जान नसकिने, त्यसमा संशोधन हुनुपर्ने र कम्तीमा सत्ता गठबन्धनमा यस विषयमा सहमति जुटनुपर्ने माओवादीको शर्त छ ।

यही विषयमा थप छलफलका लागि माओवादीले अहिले संसदीय दलको बैठकमा छलफल गरिरहेको छ ।

माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् ।

प्रतिक्रिया