माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिए मात्र जसपाले दिने

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गर्ने निर्णयको आधारमा रणनीति बनाउने भएको छ ।
माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा पक्षमा मतदान गरे पक्षमा र विपक्षमा मतदान गरे विपक्षमा मतदान गर्ने रणनीति बनाएको हो ।
‘माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षरविपक्षमा जस्तो भूमिका खेल्छ उनीहरुकै आधारमा जसपाले आवश्यक निर्णय लिनेछ,’ जसपाका सांसद मोहम्मद इस्तीयाक राइले भने ।
सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले अवस्थामा एमसीसी पास गर्न नसकिने स्पष्ट बताउँदै आएका छन् । उनीहरुले एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसीलाई हालकै अवस्थमा प्रतिनिधिसभामा टेवल गरी अनुमोदन गनुपर्ने निर्णय गरिसकेको छ ।
जसपामा पनि बाबुराम भटटराई एमसीसीको पक्षमा खुल्दै आएका छन् । तर अन्य नेताहरु खुलेका थिएनन ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया