आइतबार, पुष २०, २०८२

प्राङ्कको नाममा सर्वसाधारणलाई बञ्चरो ताक्ने आकाश सेडाई पक्राउ

मेरोन्यूज २०७८ फागुन ४ गते १४:४५

काठमाडौं । प्य्राङ्कको नाममा सर्वसाधरणलाई आतंकित बनाउँदै बञ्चरो ताक्ने देखि महिलालाई जिस्काउने सम्ममका क्रियाकलापहरु गर्ने आकाश सेढाइँ पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले झापा जिल्लाको विर्तामोड नगरपालिका ४ आदर्श टोल घर भई हाल भक्तपुरको कौशलटार बस्दै आएका २७ वर्षीया प्य्राङ्कस्टर आकाश सेडाईलाई पक्राउ गरेको हो ।

प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नविन्द अर्यालले मेरोन्यूजलाई जानकारी दिए । उनले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेडाईविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।’

उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।

प्र्यांकको नाममा सर्वसाधारणलाई दुस्ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया