प्राङ्कको नाममा सर्वसाधारणलाई बञ्चरो ताक्ने आकाश सेडाई पक्राउ

काठमाडौं । प्य्राङ्कको नाममा सर्वसाधरणलाई आतंकित बनाउँदै बञ्चरो ताक्ने देखि महिलालाई जिस्काउने सम्ममका क्रियाकलापहरु गर्ने आकाश सेढाइँ पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले झापा जिल्लाको विर्तामोड नगरपालिका ४ आदर्श टोल घर भई हाल भक्तपुरको कौशलटार बस्दै आएका २७ वर्षीया प्य्राङ्कस्टर आकाश सेडाईलाई पक्राउ गरेको हो ।
प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नविन्द अर्यालले मेरोन्यूजलाई जानकारी दिए । उनले भने, ‘जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेडाईविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।’
उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।
प्र्यांकको नाममा सर्वसाधारणलाई दुस्ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया