बानेश्वरको दृष्यः राजावादी आएपछि गणतन्त्रवादी आउट !

काठमाडौं । सरकारका तर्फबाट प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने तयारी गरिएपछि बुधबार विहानैदेखि एमसीसीविरोधीहरु सडकमा उत्रिए ।
एमसीसी टेबल गर्ने तयारी गरिएपछि त्यसको विरोधमा ६ कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्द सफल बनाउन सडकमा निस्किएका कार्यकर्ता प्रहरीले विहानैदेखि पक्राउ गर्न थाल्यो ।
फाट्टफुट्ट सडकमा देखिएका ६ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहँदा सत्ता गठबन्धनकै प्रमुख घटक नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल कार्यकर्ता बानेश्वरमा जम्मा भए ।
टाउकोमा ‘नो एमसीसी’ लेखिएको कालोफेता बाँधेर नाराबाजी थालेका वाईसीएल कार्यकर्तालाई नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको निषेधित क्षेत्रको सीमामा नाराबाजी गरे ।

केहीेबेर नाराबाजीपछि केही युवाहरुले प्रहरीलाई जिस्क्याए । ढुंगाले हान्न थाले । उनीहरुले प्रहरीलाई ताकिताकि ढुंगा प्रहार गरेपनि प्रहरीले बल प्रयोग गरेन । पानीको फोहोराले भिड नियन्त्रण गर्न खोज्यो । वाईसीएलको आफ्नै कार्यकर्ताले हानेको ढुंगा लगेर संगठनका नेता कार्यकर्ता घाइते भए । ढुंगा हान्ने काम रोकियो ।
त्यहिबेला एमसीसीविरोधी नारा लगाउँदै राप्रपाको समूह माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो । विजुलीबजार पुलमा आइपुग्दा प्रहरीले रोक्न खोजे । तर प्रहरीले रोक्न सकेन ।
राजतन्त्रको पक्षमासमेत नाराबाजी गर्दै राप्रपा कार्यकर्ता अघि बढेपछि वाई वाईसीएलको कार्यक्रम किनारा लाग्यो । छिटोछिटो कोणसभा गरेर बाहिरिएका थिए ।
अपरान्ह १२ बजेदेखि तनावपूर्ण बनेको बानेश्वर क्षेत्र अहिले पनि अशान्त छ । वाईसीएलको कार्यक्रम सकिएपछि नो एमसीसी लेखिएको कालोफेता बाँधेका युवाहरु राप्रपाको कार्यक्रममा पनि घुसपैठ गरी प्रहरीलाई जिस्क्याउन थालेपछि आन्दोलनकारीलाई पछि धकेल्यो ।

पटक पटक प्रहरीसँगको धकेलाधकेल कायमै हुँदा नेपाल बन्द गरेका ६ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई कोेटेश्वरतर्फबाट पक्राउ गरी प्रहरीको ट्रकमा हालेर बानेश्वरतर्फ ल्यायो । राप्रपा कार्यकर्ताले बन्दकर्ता पक्राउ गरेका गाडी घेराबन्दी गरेपछि प्रहरी गाडी फर्कियो ।
राप्रपाको आन्दोलन जारी रहेकैबेला पुनः आन्दोलनकारीले प्रहरीलाई ढुंगा बर्साए । राप्रपाको कोणसभा हुँदै गर्दा फेरि फेरि आन्दोलन बिथोलियो । प्रहरीले पानीको फोहोरा मात्र होइन, अश्रु ग्याससमेत प्रहार गर्न थाल्यो । आन्दोलनकारीको प्रहरीको गाडी फुटाए । आन्दोलनकारीलाई लखेटेर तितरबितर पार्यो ।
प्रहरी र राप्रपा कार्यकर्ताको घम्साघम्सी चलिरहेको छ ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया