सोमबार, माघ ५, २०८२

चितवनमा बन्दकर्ता दिनभर सडकमा

प्रेम कडेल २०७८ फागुन ४ गते १६:१७

चितवन । एमसीसी परियोजना खारेजीको माग गर्दै बन्द आयोजना गरेको ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताले बुधबार दिनभर नै नारायणघाटमा प्रदर्शन गरेका छन् ।

सरकारले संसदबाट एमसीसी पारित गर्न खोजेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लवको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेलको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेलको मोर्चाले आज नेपाल बन्दको आयोजना गरेको थियो ।

बन्द आयोजक ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहानैदेखि नारायणगढको लायन्स चोकमा जम्मा भएर नाराबाजीसहित नारायणघाटको पुल्चोकमा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले पुलचोकमा गरेको कोणसभामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज घननाथ सापकोटा ‘विकास’ले एमसीसी परियोजना खारेजीको लागि सबै सबै देशभक्तहरु एक हुने बताए । एमसीसीविरुद्ध देशब्यापी आन्दोलन उठिसकेको उनको भनाइ छ ।

यस्तै, विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेलले संसदवादी दलहरु एमसीसीका कारण जनताबाट नाङ्गिसकेको बताए ।

प्रतिक्रिया