बलात्कार अभियोगमा एमालेका सांसद बानियाँलाई पक्राउ पुर्जी

काठमाडौं । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ ।
पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले मुद्दा हालेकी थिइन् ।
पीडित महिलाले दिएको किटानी जाहेरीका कारण प्रहरीले एमाले सांसद बानियाँलाई पक्राउ पुर्जी जारी गरेको हो ।
जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसूदन न्यौपानेले बताए ।
सांसद बाँनियालाई पक्राउ पूर्जी जारी गरिएकोबारेमा प्रहरीले प्रतिनिसभाका समामुखलाई समेत जानकारी गराइसकेको छ ।
पक्राउ पूर्जी जारी गरी प्रहरीले बाँनियालाई खोजी रहेको प्रहरीले जनाएको छ ।
शिक्षिकाको उजुरीपछि एमाले सांसद पूर्वमन्त्री बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएका थिए । आफै प्रहरी कार्यालयमा उपस्थित हुने बताएपनि उनी त्यसपछि सम्पर्कविहिन रहेको प्रहरीले जनाएको छ ।
पीडित शिक्षिकाले आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया