शनिबार, वैशाख १२, २०८३

मूर्ति चोरी गर्ने दुई पक्राउ

मेरोन्यूज २०७८ फागुन ५ गते ६:३३

काठमाडाैँ । नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ का १८ वर्षीय रमेश बागदासलाई पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ ।

उनीहरूले ज्याकेटभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया