केपी ओलीसहित पाँच एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरूविरुद्ध नेकपा एकीकृत समाजवादीका विद्यार्थीहरूले उजुरी दिएका हुन् ।
नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बिहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी गरेको हो ।
ओलीसहितका तत्कालीन मन्त्रीहरूले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै, कोरोना महामारीमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भ्रष्टाचार गरेको आरोप छ ।
यसैगरी नेपाल भ्रमण वर्षका नाममा तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप छ ।
















प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
प्रतिक्रिया