केपी ओलीसहित पाँच एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरूविरुद्ध नेकपा एकीकृत समाजवादीका विद्यार्थीहरूले उजुरी दिएका हुन् ।
नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बिहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी गरेको हो ।
ओलीसहितका तत्कालीन मन्त्रीहरूले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै, कोरोना महामारीमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भ्रष्टाचार गरेको आरोप छ ।
यसैगरी नेपाल भ्रमण वर्षका नाममा तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप छ ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया