ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न मन्त्रीको चासो

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले ग्रामीण विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न चासो देखाएका छन् । सोही कारण उनले विषयगत कार्यालयहरूसँग छलफल अघि बढाएका छन् ।
विद्युतीकरणमा रुख कटानसहितका समस्याले ढिलाइ हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहाल बीचमा बिहीबार छलफल गरेका हुन् ।
कोहलपुरादेखि सुर्खेत सम्मा १३३ केभी प्रशारण लाइनमा देखिएको समस्यादेखि पश्चिम सुर्खेतमा देखिएको समस्यामा पनि छलफल भएको मन्त्री सिंहले बताए । यसअघि मन्त्री सिंहले १० जिल्लाका विद्युत प्राधिकरणका प्रमुख, खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुखसँग छलफल गरेका थिए भने आज मन्त्रालयका अधिकारीसँग छलफल गरेका हुन् ।
वातारणीय प्रभाव मुल्यांकन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना वस्तुवादी नभएको प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालले बताए । कर्णालीका १० जिल्लामा विद्युतीकरण गर्दा वन क्षेत्रभित्र काम गर्दा अवरोध हुने भएकाले त्यसको समाधान गर्न सबै सहमत भएको उनले बताए ।
विकास निर्माणमा प्रयोग हुने वन क्षेत्र र सोसँग सम्वन्धित वातावरणीय अध्ययनलगायत कार्यक्रममा सहजिकरण गर्न प्रदेश सचिव, निर्देशकको नेतृत्वमा सहजिकरण समिति गठन गरी कामलार्इ सहजिकरण गर्ने सहमति भएको छ । समितिले निश्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी समितिसँग छलफल गरी सहमति गर्ने बैठकले निर्णय गरेको छ ।
















Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया