पाँच जिल्लामा प्रजिअ र तीन जिल्लामा सहायक प्रजिअको काज सरुवा

काठमाडौँ / गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रजिअको काज सरुवा गरेका हुन् । सरुवा गरिने प्रजिअमा दुई सहसचिव र तीन उपसचिव छन् ।
मन्त्रीस्तरीय निर्णयबाट धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई प्रजिअ बनाएर पठाइएको हो । उनीहरू दुबै जना सहसचिव हुन् । कट्टेल भर्खरै सहसचिवमा बढुवा भएका हुन् भने रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर गृह मन्त्रालयमा आएका थिए ।
त्यस्तै रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई प्रजिअ बनाएर पठाइएको छ । यी तीनै जना उप सचिव हुन् ।
खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक प्रजिअ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए । त्यस्तै तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन् । जाजरकोटमा प्रजिअ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक प्रजिअ बनाएर पठाइएको छ ।
हुम्लाका प्रजिअ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ । बर्दियाका सहायक प्रजिअ माधव शर्मालाई भक्तपुरमा सहायक प्रजिअ बनाएर पठाइएको छ ।













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
प्रतिक्रिया