दुई जना पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका १६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदल यात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालक प्रहरी समक्ष पुगेका छन् । धादिङ सिद्धलेख गाउँपालिका ४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौँ महानगरपालिका १६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो । उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेँशीबाट पक्राउ गरिएको हो ।
बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बससहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।













गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया