माछापुच्छ्रे बैंकका तीन जनाको पद बढुवा

काठमाडौँ । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । अधिकृत पदमा बढुवा भएका दुवै जनाले दुई दशकदेखि बैंकिङ्ग अनुभव लिइसकेका छन् ।
माछापुच्छ्रे बैंकमा लामो समय उच्च व्यवस्थापनमा रही काम गरेका थापा बहु बैंकिङ्ग व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्वल मानिन्छन् । त्यस्तै, महाप्रबन्धक पदमा बढुवा भएका अर्यालले बैंकिङ्ग क्षेत्रमा करिब दुई अनुभव सगालेका छन् । उनीसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्राञ्च अपरेसन, माइक्रो फाइनान्सलगायत क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरणका मुख्य मापदण्डका तत्वले गर्दा बैंक बैंकिङ्ग क्षेत्रमा अब्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गदै आइरहेको छ । यस्तै, १५ सयभन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको छ ।











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया