पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ६ गते १९:२९

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ वर्षीय बालक निमराज चौधरी रहेका छन् ।
लु१९प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए ।
भैहरवा–भूमही सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया