पर्सामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
मेरोन्यूज
२०७८ फागुन ६ गते १९:३१

वीरगञ्ज । पर्सामा रहेको हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना७त ५३७८ नम्बरको ट्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।
पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने रामकुमार तामाङ घाइते भएका छन् ।
तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया