फागुन महिनामा नेपाल टेलिकमको अफरै अफर
मेरोन्यूज
२०७८ फागुन ६ गते १९:५४

काठमाडौं । नेपाल टेलिकमले फाल्गुन महिना लागेपछि विभिन्न अफरहरु ल्याइरहेको छ ।
नेपाल टेलिकमले प्रजातन्त्र दिवसका अवसरमा शनिवार भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ ।
साथै टेलिकमले एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । यो अफर शनिवार एक दिनका लागि उपलब्ध हुनेछ ।
हालै व्यावसायिक सञ्चालनमा ल्याएको भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।
साथै, सोही अवसरमा फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने भएको छ ।
सम्बन्धित











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
निर्वाचनकाे सुरक्षा तयारी चुस्तदुरुस्त बनाउन कर्णाली प्रदेशका सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया