प्रदेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

काठमाडौँ । प्रदेशिक अस्पताल मलंगवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना भाइरसको संक्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलंगवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन ।
प्लान्टका लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युतलगायतको व्यवस्थापनले अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई भएको प्रदेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । प्रदेश सरकारले ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिण्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने उनले बताए ।
सिलिण्डरमा भर्नका लागि थप अक्सिजन ट्यांक राख्नु पर्ने प्रमुख झाले जानकारी दिए । मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रबार उद्घाटन गरेका थिए ।
















सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया