पूर्व विद्यार्थीले गरे पाँच लाखको सामग्री सहयोग
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगस्थित महादेव माविमा पूर्व विद्यार्थीमार्फत शैक्षिक, सूचना प्रविधिका सामग्री सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पूर्व विद्यार्थी पूर्णबहादुर गर्बुजाले रोटरी क्लब जापानको समन्वय र सहकार्यमा पाँच लाख मूल्य बराबरका सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।
एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसीटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटरलगायतका सामग्री उपलब्ध गराएको प्रअ दुतबहादुर गर्बुजाले बताए । त्यसैगरी विसं २०६६ को एलएलसी परीक्षामा महादेव माविबाट सहभागी भएका पाँच विद्यार्थीले एकदेखि कक्षा १० सम्मका ११५ विद्यर्थीलाई एक–एक जोर जुत्ता, मोजा सहयोग गरेका थिए ।
बेगमै व्यवसाय गरेर बसेका रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अष्टे«लियाका भूपी गर्बुजा, दीपक फगामी (पोर्चुगल) र धनबहादुर तिलिजा (अमेरिका)ले शुक्रबार सहयोग गरेको प्रअ गर्बुजाले बताए ।











६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया