हरिवन नगरपालिका सम्मानित
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४ औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदर पत्र गरेका थिए । उक्त कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगरप्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिए ।
यसअघि उक्त कोषको ३३ औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको थियो । कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्यांकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया