दुई नाबालक छोडेर गएकी महिला मृत फेला

काठमाडौँ । गत मंगलबार बेलुका महोत्तरीको गौशाला ११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार वर्ष र दुई वर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे ।
केही बेरमै फोटो भाइरल भए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा खैलाबैला भयो । राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने विषयले चर्चा पाउँदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशालाकै दिनेश महतोले आश्रय दिए । र, प्रहरीलाई खबर गरे ।
बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । ‘ महिलाको मुख पछ्यौराले छोपेको थियो । केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’ उनले भने ।
प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्को दुःखद घटना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको शब फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृतक महिलालाई जोडेर अनेक अड्कलबाजी हुन थालेको छ ।
गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृत अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीसमेत आंकलन गरेको छ ।
प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आत्महत्या भन्दा पनि हत्या भएको हुन सक्ने आशंका छ । गर्भवती ती महिलाको घाटीमा निलडामसमेत देखिनुले आत्महत्याभन्दा हत्या नै भएको हुन सक्ने प्रहरीको आंकलन छ ।
‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने ।
बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृत अवस्थामा भेटिनुलाई यी घटना समबन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घटनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ ।
बच्चाहरुलाई मृतक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ । घटनाका समबन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ ।
घटना भएको तीन दिन बितिसक्दा पनि न मृतक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै । बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् ।
बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ । मृतक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुबै बच्चाको आमा मृतक महिला हुन सक्ने कतिपयको अनुमान छ ।
मृतक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पोष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
















निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया