च्यासल युथ क्लव ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा पराजित भएसँगै च्यासल युथ क्लव ‘बी’ डिभिजनमा घटुवा भएको छ ।
आजको पहिलो खेलमा च्यासल युथ फ्रेन्ड्स क्लबसँग २–१ पराजित हुँदै रेलिगेशनमा परेको हो ।
रेलिगेशन जोन भन्दा एक स्थान माथि रहेको फ्रेन्ड्सले च्यासललाई पराजित गरे ‘ए’ डिभिजन क्लवमा सुरक्षित गरेको छ ।
आजको खेलमा ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।
४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाएपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो ।
खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो ।
यसअघि खेलमा दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो ।
त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।
हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ ।
२०७३ सालमा ‘बी’ डिभिजन जितेर पहिलो पटक ‘ए’ डिभिजनमा उक्लेको च्यासलले २०७५ र २०७६ मा ‘ए’ डिभिजन खेलेको थियो ।
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया