थप ३५० जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जना र ३ हजार ५ सय ५८ जनामा एन्टीजेन परिक्षण गर्दा १५२ जनाको कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा को अवधिमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ९ लाख ५० हजार ५६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शनिवार काठमाडौं जिल्लामा ५१ जना, ललितपुर जिल्लामा ७ जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया