‘ए’ डिभिजन लिगः मछिन्द्र अपराजित
मेरोन्यूज
२०७८ फागुन ७ गते १९:१०

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहेको मछिन्द्र क्लवले शनिबारको खेलमा पनि जित हासिल गरेको छ ।
लिगको शनिवार भएको दोस्रो खेलमा थ्रीस्टार क्लवलाई १–० ले पराजित गर्दै मछिन्द्रले अपराजित यात्रा कायमै राखेको हो ।
मछिन्द्रसँग पराजय ब्यहोरेसँगै थ्रीस्टार शीर्ष दोस्रो स्थानमा उक्लिने योजना तुहिएको छ । थ्रीस्टार आजको खेलमा पराजित भएपछि शीर्ष चौंथो स्थानमा नै कायम रहेको छ ।
लिगमा मनाङ मस्र्याङदी क्लव २० अंकका साथ दोस्रो स्थानमा छ भने आर्मी क्लव १९ अंकसहित तेस्रो स्थानमा छ ।
अपराजित रहेको मछिन्द्र भने ३२ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया