सोमबार, चैत ९, २०८२

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

मेरोन्यूज २०७८ फागुन ७ गते १९:१६

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।

प्रतिक्रिया