बिहीबार, वैशाख २४, २०८३

चीनको चेतावनीपछि हच्कियो अमेरिका

अमेरिका भन्छ- एमसीसी पास गर्ने नगर्ने नेपालको सार्वभौम निर्णय

मेरोन्यूज २०७८ फागुन ७ गते २०:०२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको भन्दै प्रतिरोध गर्ने चीनले चेतावनी दिएपछि अमेरिका हच्किएको छ ।

Advertisement
NiccNicc

चिनिया विदेश विभागले पत्रकार सम्मेलन गरी अमेरिकाको प्रतिवाद गर्ने चेतावनी दिएको भोलिपल्ट शनिवार नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास गर्ने नगर्ने नेपालको सार्वभौम निर्णय रहेको स्पष्ट गरेको छ ।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्ने नगर्ने निर्णय नेपालको हो’, दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, यो केवल नेपालको निर्णय हो ।’

चिनिया विदेश विभागको शुक्रबारको पत्रकार सम्मेलनमा अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको आफूले प्रतिवाद गर्ने चेतावनी भनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले चेतवनी दिएका थिए ।

नेपालमा गिजोलिएको एमसीसीका कारण दुई शक्ति राष्ट्रहरुबीचको ‘वाकयुद्ध’ पछि अमेरिका नरम देखिएको छ ।
अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा नेपाल र अमेरिका बीचको सम्बन्धको ७५औं वर्षको पनि स्मरण गरिएको छ ।

नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेको विज्ञप्तिमा जनाइएको छ ।

एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको भएको उल्लेख गर्दै यो दुई मुुलुकबीचको विकास साझेदारी भएको पनि अमेरिकाले स्पष्ट गरेको छ ।

प्रतिक्रिया