इँटा भट्टामा काम गर्ने आठ वर्षीया बालिकाको मृत्यु

भक्तपुर । भक्तपुुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा इँटा भट्टामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।
सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका २ घर भई हाल सुडालस्थित द्यः इँटा भट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।
उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारी साधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
















बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया