शुक्रबार, वैशाख २५, २०८३

प्रतिनिधीसभा बैठक शुरु, एमालेको नारावाजी, माओवादीको विरोध

मेरोन्यूज २०७८ फागुन ८ गते १३:५३

काठमाडौं । प्रतिनिधीसभाको वैठक शुरु भएको छ । बैठकमा एमससिी सम्झौता अनुमोदनका लागि लैजाने गरी सरकारले टेवुल गर्ने कार्यसूची रहेपछि संसदको बैठकलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । वैठक शुरु हुने वित्तिकै नेकपा एमालेले अिघल्ला वैठकहरुमा जसरी नै उठेर अगाडी आएर नारावाजी गरिरहेको छ । माओवादीले उठेर विरोध जनाएको छ ।

Advertisement
NiccNicc

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कार्यसूचीमा राखेकोमा असहमति जनाएका छन् । यस्ता सम्झौता सदनवाट अनुमोदन गर्ने परम्परा नरहेको र यो विषयमा सहमति हुनुपर्ने उनले बताएका छन् । सहमति नजुटदै संसदमा टेबुल भएकोमा असहमति जनाएको हो ।

प्रतिक्रिया