टिप्पणी
प्रचण्डज्यू, अब सरकार छाड्ने कि !

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश गर्न सहमति जनाएका सत्ता गठबन्धन दलहरुमै रोइलो चलेको छ ।
सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का युवा, विद्यार्थीहरुले एमसीसीविरुद्ध देशब्यापी आन्दोलन गर्दै आएका थिए, छन् ।
सत्ता गठबन्धनमै रहेको नेकपा (माओवादी केन्द्र) का युवा विद्यार्थीहरु पनि आइतबार संसदमा एमसीसी टेबल गरिरहँदा संसद भवन बाहिर सडकमा नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा बसाइरहेका थिए ।
राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एमसीसी संसदमा टेबल गर्न नहुने अडानमा थियो । आफ्नै कार्यकर्ता सडकमा आन्दोलन गरिरहँदा सत्ता गठबन्धन जोगाउनकै लागि नेकपा एकीकृत समाजवादीले शनिवार एमसीसी संसदमा टेबल गर्न दिने पार्टीको स्थायी समिति बैठकबाट औपचारिक निर्णय नै गर्यो ।
सत्तारुढ माओवादी केन्द्र पनि एमसीसी टेबल गर्नबाट रोक्ने अडानबाट पछि हट्यो । तर एमसीसी संसदमा टेबल भइसकेपछि माओवादी अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा विवाद र बिरोधकाबीच सरकारले एमसीसी टेबल गरेको जनाएका छन् । तर माओवादी केन्द्रसमेत यही सरकारमा सहभागी छ ।
प्रचण्डले एमसीसी टेबल गर्नु हुँदैन भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको बिरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
एमसीसी विवाद र बिरोधकाबीच पेश गरिएको हो भने आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइनु पर्दथ्यो । तर अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएका छैनन् ।
गठबन्धनको सरकारमा भइसकेपछि गठबन्धनको सहमतिमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाएका छन् भन्ने आंकलन जो कोहीले पनि गर्छ नै ।
गठबन्धनमा सहमति नजुट्दासम्म यसअघि एमसीसी प्रस्ताव सदनमा टेबल भएको थिएन । त्यसैले अब पनि सरकारमै बसेर सडकमा नारा लगाएर मात्र सत्ता गठबन्धन दलहरुलाई सुख छैन । सरकारले ल्याएको प्रस्तावको सत्तारुढ दलहरुले विपक्षमा मतदान पनि गर्ने कुरा हुँदैन । त्यसकारण साँच्चिकै एमसीसी देशको हितमा छैन भन्ने निश्कर्ष हो भने माओवादीले तत्काल सरकार छाड्नु नै उत्तम हुनेछ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया