पोखरामा बाक्लो असिना, सवारी अवागमनसमेत प्रभावित

पोखरा । पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिना परेको छ । असिना पानीले सवारी आवागमनसमेत प्रभावित बनायो ।
पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो ।
दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्म नै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भए । सडकमा बाक्लो असिना जमेको छ ।
फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।
पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो । असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए ।
असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ ।
महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् ।















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया