सप्तकोशी नगरपालिका कार्यालय तोडफोड
काठमाडौँ । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले एक विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयका समान तोडफोड गरेको जानकारी दिए ।
कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि पुनः ताला लगाउन जाँदा घटना भएको हो ।
प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८–७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनु पर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।
नगर प्रमुख शर्माले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताए । सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उनले बताए ।
माग गरिएको खर्च विवरण नगरपालिकाले एक सातामै तयार पारे पनि लिन बोलाउँदा कोही नआएको जानकारी दिनुहुँदै नगरप्रमुख शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाइ वार्तामार्फत समस्या समाधान गर्न पटक–पटक मौखिक र अन्तत लिखित रुपमै विवरण लिन बोलाए पनि नआएको जानकारी दिए । वार्ताबाट समाधान हुने परिस्थितीमा कार्यालयमा ढुङ्गामुडा गरी नियोजितरुपमा क्षति पुर्याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पुर्याउनु निन्दनीय रहेको नगरप्रमुख शर्माले बताए ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया