विवाहमा झगडा हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते १३:१०
कैलाली । जिल्लाको भजनी नगरपालिका ९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय वसन्त चौधरी रहेका छन् ।
आतइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विवाहमा वसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थीलगायत व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद भएको थियो ।
विवाद चर्कदै गएपछि कुटपिट हुँदा वसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया