राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमतः फ्रान्स

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गर्नुभएको छ।युक्रेनको सिमानामा रुसी सेनाको ठूलो जमघटपछि पश्चिमी शक्तिहरूले युरोपेली युद्ध रोक्न अन्तिम प्रयास गरेका छन्।
फ्रान्सका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।उहाँले राष्ट्रपति बाइडेन र राष्ट्रपति पुटिनबीच शिखर सम्मेलन गर्ने र त्यसपछि युरोपमा सुरक्षा र रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धितसरोकारवालाहरूसँग प्रस्ताव राखेको जनाइएको छ।
राष्ट्रपति बाइडेन र पुटिन दुवैले यस्तो शिखर सम्मेलनको सिद्धान्तलाई स्वीकार गर्नुभएको दावी गरिएको छ। बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ।
रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ।साथै फार्न्सेली राष्ट्रपतिले यी छलफलहरूको विषयवस्तु तयार गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्नुहुने जनाइएको छ ।












विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया