ट्वान्टी–२० विश्वकप छनोट
टस हारेर क्यानाडाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपालले क्यानाडाको सामना गरिरहेको छ ।
ओमानको मस्कट मैदानमा नेपालले टस हारेर फिल्डिङको अवसर पाएको नेपालले सेमिफाइनलमा पुग्नका लागि क्यानाडालाई जित्नै पर्ने हुन्छ ।
यसअघि लगातार दुई खेल जितेको नेपालले आजको खेलमा पनि क्यानाडामाथि जित हासिल गरी सेमिफाइनलमा प्रवेश गर्ने रणनीतिका साथ मैदानमा उत्रिएको छ ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ ।
आजको खेलमा नेपाली टोलीका गुलसन झा र शरद भेषवाकर टिममा परेका छैनन् । झाको ठाउँमा कमलसिंह ऐरी र शरदको ठाउँमा कुशल मल्ललाई खेलाइएको छ ।
३.५ ओभर खेल्दा नेपालले १ विकेट ढालेको छ । क्यानडाले १ विकेटको क्षतिमा ३० रन जोडेको छ ।
आज विहानै भएको अर्को खेलमा यूएई समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको छ । आयरल्यान्ड भने जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघिको खेलमा नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो । नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रन रनको विशाल स्कोरले पराजित गरेको थियो ।









सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया