ट्वान्टी–२० विश्वकप छनोट
टस हारेर क्यानाडाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपालले क्यानाडाको सामना गरिरहेको छ ।
ओमानको मस्कट मैदानमा नेपालले टस हारेर फिल्डिङको अवसर पाएको नेपालले सेमिफाइनलमा पुग्नका लागि क्यानाडालाई जित्नै पर्ने हुन्छ ।
यसअघि लगातार दुई खेल जितेको नेपालले आजको खेलमा पनि क्यानाडामाथि जित हासिल गरी सेमिफाइनलमा प्रवेश गर्ने रणनीतिका साथ मैदानमा उत्रिएको छ ।
नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ ।
आजको खेलमा नेपाली टोलीका गुलसन झा र शरद भेषवाकर टिममा परेका छैनन् । झाको ठाउँमा कमलसिंह ऐरी र शरदको ठाउँमा कुशल मल्ललाई खेलाइएको छ ।
३.५ ओभर खेल्दा नेपालले १ विकेट ढालेको छ । क्यानडाले १ विकेटको क्षतिमा ३० रन जोडेको छ ।
आज विहानै भएको अर्को खेलमा यूएई समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको छ । आयरल्यान्ड भने जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघिको खेलमा नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो । नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रन रनको विशाल स्कोरले पराजित गरेको थियो ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया