सोमबार, जेठ ५, २०८२

ट्वान्टी–२० विश्वकप छनोट

नेपाललाई क्यानडाको मात्रै ८१ रनको चुनौति

मेरोन्यूज २०७८ फागुन ९ गते १७:२९

काठमाडौँ । ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको लगातार दुई खेल जितेको नेपाललाई आजको खेलमा क्यानाडामा मात्र ८१ रनको झिनो लक्ष्य पेश गरेको छ ।

ओमानको मस्कटमा टस जितेर ब्याटिङ थालेको क्यानडा १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो । टस हारेर पहिले फिल्डिङ पाएको नेपालका खेलाडीले क्यानडालाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १२ रन खर्चिए ।

कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शून्यमा आउट रनमा आउट गरेका थिए ।

कमलले पाँचौं ओभरमा कप्तान नवनित धालिवालको पनि विकेट लिए । कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाशले २ र कुशल मल्लले १ विकेट लिए ।

नेपालले गुलशन झाको स्थानमा कमललाई र शरद भेषवाकरको स्थानमा कुशल मल्ललाई खेलाएको थियो । दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपालले क्यानडालाई पराजित गरेमा समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने छ ।

बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित एको यूएई समूह उपविजेता भएर सेमिफाइनल पुगेको छ भने । आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघिको दुई खेलमा नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो स्कोरले जितेको थियो ।

प्रतिक्रिया