तीन देशका विदेश मन्त्री युक्रेन जाँदै

काठमाडौँ । विभिन्न तीन देशका विदेश मन्त्रीहरूले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् ।
युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरू युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरू युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका हुन् ।
उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरूको दायित्वअनुसार आफूहरूले भ्रमण गर्न लागेको स्पष्ट पारे । उनीहरूले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।
युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उनीहरूले युक्रेनको भ्रमण गर्न लागेका हुन् ।














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया