स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

सर्लाही । जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका(२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो ।
स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्
एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर(२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औला खाइदिएको छ । यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।
बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् ।













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया