त्रिभुवन विमानस्थलबाट अवैध ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन १० गते १३:५९

काठमाडौं । भन्सार छलिगरी ल्याउँदै गरेको ९३६ ग्राम सुन सहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उल्लाहलाई पक्राउ गरेको हो ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया