टी–२० विश्वकप छनोट
यूएईले दियो नेपाललाई १७६ रनको चुनौति
मेरोन्यूज
२०७८ फागुन १० गते १७:२३

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १ सय ७६ रनको चुनौति पेश गरेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन जोड्यो ।
यूएई सामु प्रारम्भिक चरणमा नेपालको फितलो प्रदर्शन गरे पनि पछि राम्रो खेलेको थियो । १ सय ७६ रनको लक्ष्य पाएको नेपालले आईसीसी विश्वकपमा पुग्न आजको खेलमा यूएईलाई जित्नै पर्ने हुन्छ ।
युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक पार गर्दै ४ चौका र ४ छक्काको मद्दतमा ७० रन जोडे । वासिमलाई नेपालका अभिनास बोहराले १७ औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए ।
बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए ।
सम्बन्धित
















राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया