दिनेश सिग्देल हत्या प्रकण: श्रीमती र प्रेमी मिलेर जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको स्वीकार

झापा । झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो ।
पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए। प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए ।
गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो । सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो । दुवै जनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । रासस












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया