रुसी युद्ध रोक्न माग गर्दै दुतावास अगाडि प्रदर्शन

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी दुतावास वालुबाटार अगाडि बुधबार प्रदर्शन गरेको छ ।
दिउँसो १ बजेदेखि आधा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरुले रुस ः युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
युद्धले लाखौ करोडौ मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुनु हुदैँन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको पत्रमा उल्लेख छ ।
रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौं हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको समाजले जनाएको छ ।
‘मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ’– पत्रमा भनिएको छ ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल लगायतको उपस्थिति थियो ।
















चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया