युक्रेन हमलासँगै रुसी अर्बपतिले गुमाए ९० अर्ब डलर

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेतालाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए । बैठकमा कम्तिमा १३ अर्बपति उपस्थिति भएका थिए ।
‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतिले गुमाउनु पर्ने सम्भावित नोक्सानबारे अप्रत्यक्ष रुपमा संकेत गरेका थिए ।
पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन । यसले विश्वभरका बजारलाई अस्थिर बनाएको छ । यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ ।
राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएपछि रुसका अर्बपतिको अर्बौं डलर गुमेको छ ।
पछिल्लो नौ दिनमा रुसका ११६ अर्बपतिहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ । त्योमध्ये ३९ अर्ब डलर बिहीबार स्वाह भएको थियो ।
रुसको मोएक्स सूचाकांक ३३ प्रतिशत तल झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिले ठूलो मूल्य चुकाएका हुन् ।
प्रतिबन्धको जोखिम अर्बपति कुलीन वर्गको सानो सर्कलभन्दा बाहिर फैलिएको छ । अमेरिका, बेलायत र युरोपेली युनियन लक्षित व्यवसायले रूसी अर्बपतिलाई अझै नोक्सान पुग्ने अनुमान गरिएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया