केपी ओलीलाई भेट्न जानुअघि कांग्रेस नेताहरूको बैठक बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषय टुंगोमा पुर्याउन एमालेसँग छलफल गर्नुअघि नेपाली कांग्रेसका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सुरु हुने भएको हो ।
बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार जान थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरू बैठकमा बस्ने भएका छन् ।
पार्टीको बैठकपछि आजै ३ बजे कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् । एमसीसीलाई संसदबाट टुंगोमा पुर्याउन कांग्रेसले ओलीसँग पटकपटक वार्ता गर्दै आएको छ ।
छलफलका लागि आज पनि प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू ओली निवास बालकोट जाने भएको हो ।
















६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया