केपी ओलीलाई भेट्न जानुअघि कांग्रेस नेताहरूको बैठक बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषय टुंगोमा पुर्याउन एमालेसँग छलफल गर्नुअघि नेपाली कांग्रेसका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सुरु हुने भएको हो ।
बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार जान थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरू बैठकमा बस्ने भएका छन् ।
पार्टीको बैठकपछि आजै ३ बजे कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् । एमसीसीलाई संसदबाट टुंगोमा पुर्याउन कांग्रेसले ओलीसँग पटकपटक वार्ता गर्दै आएको छ ।
छलफलका लागि आज पनि प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू ओली निवास बालकोट जाने भएको हो ।













तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया