प्रचण्ड र माधव नेपालसहित शीर्ष नेताहरूको बैठक जारी, एमसीसीबारे छलफल हुँदै

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ ।
छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन् । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएका छन् ।
भोलि आइतबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने भएको छ । यसै क्रममा सत्ता गठबन्धनमा फरक मत राख्दै आएको दलको शीर्ष नेताहरूबीच छलफल जुटेको हो ।
सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न अोली निवास बालकोट जानुअघि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो ।
सत्ता गठबन्धन दलहरूमा एमसीसीलाई लिएर चर्को विवाद र बहस हुँदै आएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरी एमसीसी पास गर्ने पक्षमा रहेको छ । तर, नेपाली कांग्रेस जुनसुकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा रहेको छ । यसका लागि कांग्रेसले एमालेसँग पूर्ण साथ माग्दै आएको छ ।
तर, एमालेले आफ्नो माग सम्बोधन नभएसम्म एमसीसी पास गर्न नसक्ने बताउँदै आएको छ । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कारबाही गरेको १४ जना सांसदलाई हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्नु पर्ने माग राख्दै आएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया