फरार अभियुक्त पल शाह काण्डमा चलचित्र कलाकार संघको ध्यानाकर्षण

काठमाडौं । अभिनेता पल शाह काण्डलाई लिएर आएका समाचारप्रति नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
अभिनेता शाहको विषय, घटना र सन्दर्भ कानुनी उपचारमा रहेकाले त्यस सम्बन्धमा नेपालको कानुनले सम्बन्धित निकाय मार्फत निक्र्योल निकाल्ने भन्दै संघले समग्र चलचित्र क्षेत्र र कलाकारलाई लान्छना लगाउनु दुखद भएको संघले जनाएको छ ।
संघको केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले आज विज्ञप्ति जारी गर्दै व्यक्तिगत जीवन, पेशा र व्यवसाय फरक फरक कुरा भएकाले व्यक्तिको विषयलाई लिएर पेशा र व्यवसायलाई आक्षेप लगाउनु खेदजनक भएको जनाएका छन् ।
चलचित्रमा काम गरेको एउटा व्यक्तिको विषयसँग चलचित्र, पेशा र व्यवसायलाई जोडेर चलचित्र क्षेत्रलाई बदनाम गराउने, जनमानसमा दुष्प्रचार गर्ने खालका क्रियाकलाप नगर्न पनि संघले सबैलाई अनुरोध गरेको छ ।
अभिनेता पल शाहले नाबालिका गायिकालाई मायाप्रेममा पारेर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बालिकाको परिवारले किटानी जाहेरी दिएपछि शाह फरार छन् ।










दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया