माओवादी केन्द्र निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो र
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निष्कर्शमा पुगेको हो । बैठकले एमसीसीका राष्ट्रिय हितविपरीत भएका प्रावधानहरू परिमार्जन र संशोधनसहित पारित गर्न सकिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यसअघि माओवादीले संशोधनबिना एमसीसी पारित गर्न नसक्ने अडान लिदै आएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।
अध्यक्ष अोलीले आफ्नो माग पूरा नभएसम्म साथ दिन नसक्ने बताएसँगै प्रधानमन्त्री देउवा दबाबमा थिए । अोलीले आफूले कारबाही गरेको १४ जना सांसदलाई संसदबाट निष्काशन गर्नु पर्ने वा सभामुखको विकल्प हुनु पर्ने माग राख्दै आएका थिए ।
यसैबीच प्रधानमन्त्री देउवाले सत्ता साझेदारी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरूलाई एमसीसी अनुमोदन नगरे गठबन्धन नहुने भन्दै दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीको दबाबसँगै दुवै दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।












कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
Gold and silver prices soar today,too
One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया